वि.सं:
नेपाल संवत: ११४६ चौलागा पारु - १६
नेपालमा कारागार (जेल) को इतिहास वि.सं. १९७१ बाट सुरु भएको मानिन्छ। गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभाग मातहत रहेको कारागार कार्यालय सुनसरी वि.सं. २०६६ सालमा स्थापना भएको हो। यो कोशी प्रदेशको सुनसरी जिल्ला, रामधुनी नगरपालिका-५, झुम्का मा अवस्थित छ।
करिब ३ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको यस कारागारमा २ वटा पुरुष बन्दीगृह रहेका छन्, जसमा क्रमशः ८०० र ६०० जना गरी १४०० जना कैदी-बन्दी राख्ने क्षमता रहेको छ। हाल यहाँ क्षमता भन्दा बढी कैदी-बन्दी रहेका छन्।
कारागार प्रशासन र सुरक्षा ब्यारेकका छुट्टाछुट्टै भवनहरू रहेका छन् भने अधिकांश भौतिक संरचनाहरू पुराना अवस्थामा छन्। कारागार व्यवस्थापनका लागि कारागार ऐन २०१९, कारागार नियमावली २०२० लागू गरिएको थियो। हाल भने कारागार ऐन २०७९ तथा संशोधित नियमावली लागू भइसकेको छ।